एन. पि.घायलको ‘प्रेम दिवश’ (कविता)

pic
  • 34
    Shares
लोकपाटी न्यूज

नसुनाउ मलाई राता गुलाव र
प्रेम दिवशको प्रसंग
म प्रेम दिवशकै दिन दिल खोसिएको मान्छे हुँ
मुटु टुक्रिएको
मुटुवाट धड्कन हराएको
र ओठवाट हाँसो लुटिएको
आफ्नै जिन्दगी वाट जिन्दगी छुट्टिएको।

 

अहँ मलाई
निर्दोष गुलावहरुको हत्या गर्नु छैन
र लुट्नु छैन फूल दिएर फूलकै जवानी
यो प्रेम दिवशमा।

 

यो प्रेम दिवशको वेला
छातीमा आहतका पहाड लिएर
घायल वनी,
पागल जस्तै
यी विषालु तिखा काँडाहरु विछ्याईएका
सफर हुँदै पुग्नु पर्छ मलाई
नितान्त एक्लै साहारा मरुभुमि
र नागासाकीमा ।

 

यो प्रेम दिवशमा
परेलीमा हिन्द प्रशान्त लिएर हिड्नुपर्छ
तर
निभाउन सकिँदैन दिलको क्यानभासमा दन्कीरहेको ज्वाला
आत्मामा वज्रपात वोकेर
एउटा प्रेमी
उ खै के सोचीरहेछ
र हेरीहरेछ
पर भिरमा
पात विनाको रुखमा एक्लै वसेर कुहु कुहु गरिएको न्याउली चरी ।

 

ओ रोमन पादरी सेन्ट भ्यालेन्टाईन
तिम्रो प्रेमिल वलिदानी र
त्यही स्मृतिको यो दिन
सयौँ ,लाखौँ करोडौँ जोडिहरु प्रेमिल सागरमा डुवुल्की मार्दा
म किन आँसुको तलाउमा तैरिनु पर्छ रु
मेरा लागि किन
म मेरै प्रेम वाट अगल हुनु प¥यो रु
यो प्रेम दिवशमा ।

 

हिजो
हजार युग सँगै विताउने
कसम खाएका आत्माहरु
तन मन मुटु धड्कन स्पन्दन स्वास र प्राण एउटै भएका प्रेमीहरु
आज प्रेम दिवशकै दिन किन टुक्रा टुक्रा हुन्छन् ?

 

आज प्रेम दिवश मनाउने
सवै प्रेम जोडीहरु लाई
भेली पल्टै
विवाह गर्नैपर्ने वाध्यता हुन्थ्यो भने
देखिन्थ्यो
तिम्रो साचो प्रेम र प्रेम दिवश ।।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्