सपना रोक्काले दिइन् विनयजङ्ग बस्नेतविरुद्ध उजुरी

sapana roka magar
  • 16
    Shares
लोकपाटी न्यूज

काठमाडौं। विश्वको प्रभावशाली १ सय महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्। सपनाले विनयजङ्ग बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी हुन्।

आइतबार सपनाले बस्नेतविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको प्रहरीले जनाएको छ। साथै उजुरी दर्ता भैसकेको र बस्नेतलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गर्ने तयारी गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

बेवारिसे शव जलाउने सपनालाई बीबीसीले यस वर्ष विश्वको १ सय प्रभावशाली महिलाको सूचीमा राखेको थियो। त्यस्तै उनीसँगै शव जलाउने बस्नेत र सपना एक अर्कालाई बाबुछोरीका रुपमा चिनाउँदै आएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्