स्याङ्जा। स्याङ्जाको हरिनास गाउँपालिका १ खैरिकोटमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता नेकपा केपी शर्मा ओली समूहमा प्रवेश गरेका छन्। शनिबार नेपाली कांग्रेसका ३६ जना नेता तथा कार्यकर्ता नेकपा केपी शर्मा ओली समूहमा प्रवेश गरेका हुन्।
नवप्रवेशीहरुलाई गाउँपालिकाका अध्यक्ष खिमनारायण मान्नधरल एक कार्यक्रमबिच खाँदा,टीका, माला लगाएर पार्टीमा स्वागत गरेका थिए। नवप्रवेशीहरुले गाउँपालिकाका अध्यक्षले आवश्यक बजेट पारेर गाउँमा जनजिवन सहज बनाएकाले पार्टी प्रवेश गरेको बताएका थिए।
नेकपा प्रवेश गरेका गौतम गुरुङ र सागर गुरुङले बाटो र खानेपानीको निकै समस्या रहेको खैरिकोट गाउँमा एकघर एक धारा अभियानले गाउँमा खानेपानीको समस्या अन्त्य भएको बताए।
पर्यटनको प्रचुर सम्भावना रहेको गाउँलाई सबैभन्दा कान्छा गाउँपालिकाका अध्यक्ष मान्नधरले आवश्यक वजेट छुट्टाएर गाउँलेहरुको जनजिवन सहज बनाएकोले नेकपा पार्टीमा प्रवेश गरेको उनीहरुले बताएका थिए।