काठमाडौं। महुली लघुवित्तले २०६७/७७ सम्मको सञ्चित मुनाफाबाट २१.०५% लाभांश दिने भएको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा २०% बोनस सेयर र कर प्रयोजनको लागि १.०५% नगद गरी कुल २१.०५% लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यसर्थ, कम्पनीले ३ करोड ७३ लाख २४ हजार रुपैयाँ बराबरको रकम बोनस वितरणमा खर्च गर्नेछ । यस्तै, १९ लाख ५९ हजार ५१० रुपैयाँ नगद लाभांश वितरणमा खर्च गर्नेछ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुन कम्पनीले जनाएको छ। गत वर्ष कम्पनीले ३१.५८% लाभांश दिएको थियो।