नेकपाद्वारा चौथो चरणको आन्दोलन घोषणा

Prachanda_Nepal_Nekapa
  • 2.4K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाले चौथो चरणको आन्दोलन घोषणा गरेको छ। पुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड-नेपाल पक्ष आन्दोलनमा छ।

आइतबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर नेकपाले चौथो चरणमा आन्दोलनका कार्यक्रम ल्याएको हो। नेता योगेश भट्टराईले दिएको जानकारीअनुसार प्रतिनिधि सभा विघटन सच्याउन चौथो चरणमा आन्दोलन गर्न लागिएको छ।

संवैधानिक निकायमा गरिएका नियुक्ति खारेज गर्न पनि आन्दोलन गर्नु परेको उनको भनाइ छ। यसअघि गरिएका आन्दोलन सफलतापूर्वक समापन भएको पनि नेकपाको उक्त समूहले जनाएको छ।

फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ। फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको उनले बताए। फागुन ७ मा सबै वडामा विरोध गर्ने उनले जानकारी दिए। फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उनले बताए।

यसअघि नेकपाले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेका थिए। नेकपाले माघ २८ मा काठमाडौंमा प्रदर्शन गरेको थियो। काठमाडौंबाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्