कोरोना अनुसन्धानबारे अमेरिकाको अडानप्रति चीन रुष्ट

Xi Jinping-1
  • 34
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अमेरिकाले कोरोना भाइरसबारे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को गरेको अनुसन्धानलाई नमान्ने भनेपछि चीन रुष्ट बनेको छ। डब्लूएचओको अनुसन्धानमा कोरोना भाइरस वुहानको प्रयोगशालाबाट नफलिएको देखिएको छ।

तर अमेरिकी अधिकारीहरुले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलिएको आरोप लगाउँदै आएका छन्। आफ्ना देशका वैज्ञानिक तथा सहयोगी राष्ट्रहरुले डब्लूएचओको रिपोर्टलाई पुष्टि गरेमात्र अमेरिकाले रिपोर्ट मान्यता दिने बताएको छ। डब्लूएचओले कोरोना भाइरसबारे चीनमै पुगेर गरेको अनुसन्धान गरेको थियो।

यसबीचमा अमेरिकास्थित चीनको दूतावासले अमेरिकाले डब्लूएचओलाई जानाजान कमजोर पारिरहेको आरोप लगाएको छ। दूतावासले भनेको छ,‘अमेरिकाले विश्व स्वास्थ्य संगठनको निकायलाई गम्भीर रूपमा कमजोर पारिरहेको छ। उसले अमेरिकाले डब्लूएचओलाई सहयोग गरिरहेका मुलुकलाई दोष दिइरहेको छ।’

विश्वभरका चिकित्सकको प्रतिनिधि डब्लूएचओमा भएकाले यस संस्थालाई विश्वसनीय मानिन्छ। तर गतवर्ष अमेरिकाको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओ चीन केन्द्रित भएको आरोप लगाउँदै दिँदै आएको सहयोग रोक्का गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्