साताको पहिलो कारोबार : नेप्से ३३.३३ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

nepse-1
  • 11
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। गत साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस साताको पहिलो कारोबार दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ। यस दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ।

आइतबार नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात ३३.३३ अंक घटेर २४९३.५९ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ९.३१ अंक घटेर ४५४.१२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स २.१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५१ अंक घटेको छ।

यस दिन २०२ कम्पनीको ५८ हजार ३०९ पटकको कारोबारमा ६ अर्ब ९२ करोड ७६ लाख ६८ लाख रुपैयाँ बराबरको १ करोड ४८ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत बिहीबार बजारमा झण्डै साढे ८ अर्बको शेयर कारोबार भएको थियो।

यस दिन कारोबारमा आएको म्युचुअल फण्ड उपसमूह बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २।२३ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकिङ्ग, होटल, जलविद्युत, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस दिन १.०९ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नेको इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ५२ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेपाल बैंकको यस दिन ३६ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आजै देखि कारोबार भएको यस बैंकको शेयरमूल्य आज ३४ रुपैयाँ बढेर ३७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र नेको इन्स्योरेन्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएका सर्पोट माइक्रोफाइनान्स र स्वाभिमान लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्