अनेरास्ववियूकाे चेतावनी : गुरु भट्टराईलाई कालाेमाेसाे दलेर शहर घुमाउँछौं

  • 1.8K
    Shares
लोकपाटी न्यूज

अनेरास्ववियूले गुरु भट्टराईलाई कालोमोसो दलेर शहर घुमाउने चेतावनी दिएको छ। अनेरास्ववियु बागमती प्रदेश सँयोजक पवन कार्कीले रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई कालोमोसो र जुत्ताको माला लगाएर सहर घुमाउने चेतावनी दिएका हुन्। जनताले तिरेको करबाट उठेको सरकारी ढुकुटीबाट तलब भत्ता खाएर प्रतिगमनको मतियार बनेको बताउदै उनले यस्तो चेतावनी दिएका हुन्।

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो चेतावनी दिएका हुन। ओलीको आशिर्वादमा पाएर राज्यको साधन र स्रोतको चरम दुरुपयोग गर्दै जथाभावी बोल्ने,सामाजिक संजालमा आफ्नो पदिय मर्यादा बिपरित जे पायो तेहि लेख्ने र राज्यको जिम्मेवार निकायमा बसेर प्रतिगमनको प्रचारक बनेको उनको आरोप छ। आइतबार नै भट्टराईले गाली गलौज गरेको एक अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। कार्कीले राजनिती गर्ने मन भए सरकारी सेवा सुबिधा छोडेर मौदानमा आउन पनि भट्टराई  चुनौती दिएका छन्।

यस्तो छ उनको स्टाटस:-

‘जनताले तिरेको करबाट उठेको सरकारी ठुकुटी बाट तलब भत्ता खाएर प्रतिगमनको मतियार बन्ने गुरु भट्टराई जस्ता प्रतिगामी छोराहरु लाई अब अनेरास्ववियूले कालोमोसो र जुत्ताको माला लगाएर सहर घुमाउने छ !
नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको रेल्वे कम्पनीको महाप्रबन्धक पद ओलिको आशिर्वादमा पाएर राज्यको साधन र स्रोतको चरम दुरुपयोग गर्दै जथाभावी बोल्ने,सामाजिक संजालमा आफ्नो पदिय मर्यादा बिपरित जे पायो तेहि लेख्ने र राज्यको जिम्मेवार निकायमा बसेर प्रतिगमनको प्रचारक बनी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बिपरित कार्य गर्दै हिड्ने कार्य तत्काल बन्द नगरे त्यस्ता प्रतिगमनकारी हरुलाई कार्यकक्षमै गएर कालोमोसो दलि जुत्ताको माला लगाएर सहर घुमाउने छौं। अन्यथा राजनीति नै गर्ने रहर छ भने सरकारी सेवा सुबिधा छाडेर मैदानमा आउन त्यस्ता मतियार हरुलाई खुल्ला चुनौती दिन चाहान्छु।’