मौसम पूर्वानुमान : काठमाडौंमा वर्षा हुने, यी क्षेत्रमा हिमपातको सम्भावना

mausam water
  • 20
    Shares
लोकपाटी न्यूज

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने जनाएको छ।

काठमाडौंमा आज सामान्यतया मौसम बदली भएर केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २० देखि २२ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ।आज बिहान सूर्योदय ६ बजेर ४१ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५५ मिनेटमा हुनेछ।

दिउँसो देशको मध्य तथा पूर्वी भू–भाग लगायत पश्चिमी पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी तराईका भू–भागमा आंसिक बदली रहने छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुन सक्ने विभागको भनाइ छ।

पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको संभावना रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्