विभूति शिक्षा सदनमा निःशुल्क आँखा शिविर कार्यक्रम आयोजना

pic 4
लोकपाटी न्यूज
0 Shares

पोखरा। पोखरा–१५, रामबजारस्थित विभूति शिक्षा सदनले वसन्त पञ्चमीको अवसरमा निःशुल्क आँखा शिविर तथा ‘विशेष अक्षरारम्भ तथा सरस्वती पूजा’ गर्ने भएको छ।

साविकको लेखनाथ विभूति बोर्डिङ स्कुल र हिमालयन आँखा अस्पताल पोखराको संयुक्त आयोजना तथा पोखरा महानगर पालिका १५ नं वड कार्यलयको समन्वयनमा फागुन ४ गते मंगलबार उक्त कार्यक्रम गर्न लागिएको आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो।

पूर्वीय दर्शनका व्याख्याता गुरु चैतन्य कृण्णको प्रमुख आतिथ्यतामा सरस्वती पूजा, विषेश हवन तथा अक्षरारम्भ हुने बताइएको छ। कार्यक्रममा वडा नं १५ भित्रका विभिन्नस्थानिय टोलबिकास संस्था, आमा समुह तथा युवा क्लबहरुको समन्वयनमा हुन लागेको हो।

नवनियुक्त प्रिन्सिपल विनोद कुमार अधिकारीले विभूति शिक्षा सदनलाई आगामी ५ वर्षमा पोखराकै नमूना विद्यालय बनाउने उद्घोष गरे। आर्य कलेज काठमाडौंका निर्वमान प्रमुख समेत रहेका अधिकारी नेपालकै पहिलो कान्छा क्याम्पस प्रमुख समेत हुन्। विद्यार्थीले पोखरामा रहेर अन्तर्राष्ट्रिय स्तरको जिवन उपयोगी शिक्षा पाउने उनले बताए। नर्सरी देखी कक्षा १० सम्म सञ्चालित विद्यालयलाई विश्वविद्यालय सम्म पुर्याउने महोत्वकांक्षी योजना समेत उनले सुनाए। संस्कृत दर्शनका ज्ञाता अधिकारीले आधारभुत तहदेखिनै बैदिक शिक्षा सुरु गरिने समेत बताए।

नवनियुक्त विद्यालय संचालक समिती अध्यक्ष गोपाल प्रसाद भट्टराईले व्यावसायिक, सीपमुलक तथा प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउँदै फरक सोच, शैली र नयाँ व्यावस्थापनका साथ पोखराबाट विश्वबाजरमा प्रतिस्पर्धा गर्ने जनक्ति उत्पादन गरिने बताए। नेमका चर्चित आइ क्यु शिक्षक समेत रहेका भट्टराइले जीवन उपयोगी सीप तथा वैदेशिक भाषा अध्ययनको केन्द्ररुपमा पनि विद्यालयको योजना सुनाए। उनले जीवन उपयोगी तालिम अन्र्तगत आगामी शैक्षिक सत्रबाट सेक्युरेटी तालिम, बोल्ने कला तथा आधारभूत पत्रकारीता विषय अध्ययन, कोरियन ,जापानिज, चाइनिज र फेन्च मध्ये कुनै एक भाषा अध्ययन सुरु गरिने बताए।

विद्यालयका संस्थापक प्रचार्य रेखा थापा कार्कीले विभुति शिक्षा सदनमा अध्ययन गर्ने विद्यार्थीहरुले विद्यालय शिक्षासंगै पोखरामा रहेर अन्तर्राष्ट्रिय स्तरको जिवन उपयोगी शिक्षा लिन पाउँने खुसीको कुरा भएको बताइन्। अर्का संस्थापक तथा शिक्षासेवी सुशिला केसी अधिकारीले विद्यालय स्थापना देखि हालसम्म प्राप्त उपलब्धीहरुले निकै उत्साह थपेको बताउँदै प्रदेशकै नमूना विद्यालयको रुपमा विकास गर्न सकिने बताइन्।

विं.सं२०५१ सालमा स्थापना भएको विद्यालयमा हाल करिब चार सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् भने ३५ जना शिक्षकहरुले अध्यापन गराइरहेका छन्। नयाँ व्यवस्थापनका साथ संचालनमा आएको विद्यालयले वैदेशिक भाषा, मोबाइल मर्मत, सफ्वयेर निमार्ण, कम्प्युटर प्रोग्रामिङ् , डिजिटल मिडिया तथा मार्केटिङ, फोटो तथा भिडियो ग्राफी तालिम समेत विद्यालयमै दिने छ। संस्थापक अजुर्न कार्की, लक्ष्मी कार्की लगाएको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन विज्ञान शिक्षक नविन पौडेलले गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्