मानव बेचबिखनको आरोपमा सुवेदी पक्राउ

hatkadi-pakrau
  • 27
    Shares
लोकपाटी न्यूज

काठमाडौं। मानव बेचबिखनको आरोपमा खेमबहादुर सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ।
वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलंका लगेर अलपत्र पार्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।

अभियुक्त सुवेदीले कुवेतमा घरेलु कामदारका रुपमा लैजाने भन्दै काठमाडौंबाट नेपालगन्ज हुँदै भारतको नयाँदिल्ली पु¥याएर त्यहाँबाट चेन्नाई हुँदै श्रीलंका पु¥याएपछि ती महिला अलपत्र परेकी थिइन्।

श्रीलंका पु¥याएपछि त्यहाँ सिरक खान र आलिक खानले आफ्नो साथमा राखेर घरबाट बाहिरसमेत जान नदिई थुनामा राखेको अवस्थामा श्रीलंकन प्रहरीले पक्राउ गरी १० महिना थुनामा राखेको थियो।

ती महिला श्रीलंकन जेलमा रहेको थाहा पाएपछि कोलम्बोस्थित नेपाली दँतावासको सहयोगमा उनलाई नेपाल फर्काएको ब्युरोले जनाएको छ। ती महिलाको जाहेरीको आधारमा सुवेदीलाई पक्राउ गरी कारबाही अगाडि बढाएको ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्