काठमाडौं। चार पूर्वप्रधानन्याधीश सोमबार लिखित जवाफ लिएर सर्वोच्च अदालत पुगेका छन्। अवहेलनासम्बन्धी मुद्दामा प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले अदालतलाई लिखित जवाफ बुझाउन लागेका हुन्।
सर्वाेच्चले उनीहरुलाई लिखित जवाफ दिन आदेश गरेको थियो। प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका उनीहरुविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो। अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए। निवेदनमा अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर चार पूर्वप्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गरिएको छ।
सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइ चलिरहेका बेला चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त विज्ञप्ति
निकालेका थिए।