नेपाली बजारमा साताको दोस्रो दिन सुनको मूल्यमा पुनस् सामान्य गिरावट आएको छ। शुक्रबारको तुलनामा आइतबार १ सय रुपैयाँले घटेको सुन सोमबार पुनस् सय रुपैयाँले नै ओरालो लागेको हो। शुक्रबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार ९० हजार ७ सय कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुन पनि आइतबारको तुलनामा सय रुपैयाँले घटेको छ। शुक्रबार ९० हजार ४ सयमा कारोबार भएको तेजाबी सुन आइतबार ९० हजार ३ सयमा कारोबार भएको थियो भने सोमबार ९० हजार २ सयमा कारोबार भइरहेको छ।
चाँदी भने सामान्य उकालो लागेको छ। शुक्रबारको तुलनामा आइतबार १५ रुपैयाँले बढेको चाँदी सोमबार पुनस् पाँच रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो भने सोमबार १ हजार ३४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १८२२.४० डलर र चाँदी २७.४८ डलरमा कारोबार भएको छ।