७६ लाख कित्ता आईपीओ निष्कासन गर्दै सिटिजन लाइफ इन्स्योरेन्स

  • 95
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७५ करोड रुपैयाँ बराबरको ७६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले तेश्रो साधारण सभा आज दिउँसो बोलाएको छ।

कम्पनीको अनुसार संचालक समितिको पुस २९ गते बसेको बैठकले नक्सालस्थित आम्रपाली ब्यांङ्केटमा गर्ने निर्णय गरेको थियो। आजको सभाले नेपाल धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ। प्रतिकित्ता १०० रुपैयाँका दरले ७५ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्ने भएको हो।

कम्पनीले आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी ट्रिपल बी माइनस’ रेटिङ दिएको छ। यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम स्तरको मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।