किसान लघुवित्तको नाफा ८.३ गुणा वृद्धि

  • 3
    Shares
लोकपाटी न्यूज

काठमाडौं। किसान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८ दशमलव ३ गुणा वृद्धि भएको हो। कम्पनीले गत आवको दोस्रो त्रैमासमा ४४ लाख ७६ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ३ करोड ७२ लाख पुगेको छ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले र २ करोड २७ लाखभन्दा बढी खराब कर्जा संकलनमा वृद्धि भएकाले नाफा बढेको हो।

चुक्तापूँजी ३९ करोड २८ लाख रहेको कम्पनीले जगेडा कोषमा १० करोड ८० लाख सञ्चित गरेको छ। चालू आवको दोस्रो त्रैमासमा कम्पनीको पूँजी कोष प्रयाप्पतता ९ दशमलव ४४ प्रतिशत, निष्क्रिय कर्जा ७ दशमलव ५० प्रतिशत र पूजी कोष लागत ६ दशमलव ४४ प्रतिशत पुगेको छ।

त्यसैगरी सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ दशमलव ४७, मूल्य आम्दानी अनुपात १२५ दशमलव २० र प्रतिशेयर नेटवर्थ १२७ दशमलव ५२ रहेको हो।

हालसम्ममा कम्पनीले १४३ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ। साथै यस आवमा कम्पनीले एफपीओ जारी गरी चुक्तापूँजी ५२ करोड पुर्‍याउने लक्ष्य रहेको बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्