इन्फ्रास्ट्रक्चर बैंकलाई विकास बैंक उपसमूहबाट हटाएर अन्य उपसमूहमा सूचीकरण

  • 24
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई विकास बैंक उपसमूहबाट हटाएर अन्य उपसमूहमा सूचीकरण गरिएको छ। नेपाल स्टक एक्सचेञ्जले शुक्रबार बैंकलाई विकास बैंक उपसमूहमा सूचीकरण गरेपनि साेमबार त्यहाँबाट हटाएर अन्य उपसमूहमा सूचीकरण गरेको हाे।

नेपाल स्टक एक्सचेञ्जले शुक्रबार नेपाल इन्फ्रास्ट्रक्चर बेंकको २० करोड कित्ता शेयर सूचीकृत गरेको छ। सो सँगै आइतबारबाट नेप्सेमा बैंकको शेयर कारोबार खुलेको छ। आइतबार ३४० रुपैयाँमा पहिलो कारोबार भएको बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३७४ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्