भारतीय स्टयाण्डर्ड सिक्स मान्यता प्राप्त गाडीहरूको प्रि-बुकिङ खुल्ला

लोकपाटी न्यूज

नेपालको लागि टाटा मोटर्स्को आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटाको बहुप्रतिक्षित गाडीहरुको नेपाली बजारमा प्रि-बुकिङ खुल्ला गरेको छ।

भारतीय स्टयाण्डर्ड सिक्सको मान्यता प्राप्त टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टिएगो, र एच फाइभ गाडीहरुको प्रि-बुकिङ खुल्ला गरिएको हो।

न्यु फरेवरको अवधारणा सहित अत्याधुनिक प्रविधि युक्त, परिमार्जित शक्तिशाली इन्जिनको साथ ग्लोबल एन क्यापबाट सेफ्टिमा फाइभ स्टार र फो स्टार रेटिङ्ग पाएका टाटाको यी गाडीहरु ग्राहकको रोजाइमा पर्ने कम्पनीको दावी छ।

प्रि-बुकिङ गर्ने पहिलो १०० जना ग्राहकहरुलाई विभिन्न आकर्षक उपहारहरु प्रदान गरिने कम्पनीले जनाएको छ।

उपहारहरु अन्तर्गत ग्राहकहरुले आइफोन १२, आकर्षक नगद छुट, आकर्षक एक्सचेञ्ज बोनस, १ वर्षको निः शुल्क सर्भिसिङ्ग र निः शुल्क जेन्युइन एसोसेरिजहरु प्राप्त गर्नेछन्।

इम्प्याक्ट २.० डिजाइनमा तयार गरिएका टाटाका यी गाडीहरु हरेक उमेर समुहका ग्राहकहरुको रोजाइमा पर्ने अपेक्षा गरिएको छ। ग्लोबल एन क्यापको रेटिङ्ग अनुसार नेक्सन र अल्ट्रोज फाइभ स्टार तथा टिएगो र टिगोर फोर स्टार सेफ्टी रेटेट सबैभन्दा सुरक्षित गाडीहरु हुन्।

उत्कृष्ट ड्राइभिङ प्लेजरको अनुभुती गर्न सकिने यी गाडीहरु अझै शक्तिशाली इन्जिन एवं उच्च भारवहन क्षमता सहित विशेष रुपमा तयार पारिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्