प्रधानमन्त्री ओलीको सभामा मान्छेहरू भाषण सुनेर हाँस्नका लागि मात्र आउँछन् : गगन थापा

Gagan thapa
  • 3.8K
    Shares
लोकपाटी न्यूज

चितवन। नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्रीलाई जनताले हास्य कलाकारका रूपमा मात्र सुन्न चाहेको बताएका छन्। प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेस चितवनले भरतपुरमा आयोजना गरेको सभालाई सोमबार सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको सभामा मान्छेहरू भाषण सुनेर हाँस्नका लागि मात्र आएको बताएका हुन्।

थापाले भने,’प्रधानमन्त्रीज्यूलाई सामाजिक सञ्जाल खुब मन पर्छ। उहाँ टिकटकमा पनि हुनुहुन्छ । मलाई टिकटकको एउटा यस्तो भिडियो देखाउनुस्, जसलाई प्रधानमन्त्रीले विकास निर्माणबारे बोलेको कुरामा बनाइएको होस् ।’

उनले प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा विघटन नेकपाको जिल्ला अध्यक्षलाई कांग्रेस सभापतिले हटाए जस्तै अनधिकृत रहेको बताए। ’यो असंवैधानिक मात्र होइन अनधिकृत हो, थापाले भने।