संसद प्रधानमन्त्रीको नोकर हुँदैन, संसदको आफ्नै ओरिजिन हुन्छ : शम्भु थापा

shambhu thapa adhibakta
  • 6.1K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापाले कुनै पनि प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नभएको बताएका छन्। संसद्लाई प्रधानमन्त्री केपी शर्मा ओलीले नोकर सम्झिएको बताए।

सोमबार संवैधानिक इजलासमा जवाफी बहस गर्दै अधिवक्ता थापाले संसद् विघटनको अधिकार कुनै पनि प्रधानमन्त्रीलाई नभएकाले ओलीले संसदलाई नोकर सम्झिएको बताए। उनले कतिपय देशमा प्रधानमन्त्रीलाई र कतिपयमा राष्ट्रपतिलाई विशेषाधिकार भएपनि हाम्रोमा दुवैलाई विशेषाधिकार नभएको बताए।

थापाले भने, ‘प्रधानमन्त्रीको नोकर संसद हुँदैन। संसदको आफ्नै ओरिजिन हुन्छ। प्रधानमन्त्रीले घुमाउन सक्दैनन्। प्रधानमन्त्री दिन सकेन भने संसद् आफैं विघटन हुन्छ। कुनै पनि धाराअनुसार बन्ने प्रधानमन्त्रीलाई विघटनको अधिकार छैन।’