वामदेव गौतमद्वारा झुटो प्रचार, नेकपाका मान्छेको नाम केन्द्रीय सदस्यको सूचिमा

Bam-Dev-Gautam
  • 802
    Shares
लोकपाटी न्यूज

बैतडी। नेकपा राष्ट्रिय एकता अभियानका नाममा वामदेव गौतमले बदनाम गर्न खोजेको भन्दै सूचिमा नाम भएकाहरुले खण्डन गरेका छन्। वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले आइतबार ६६७ जना केन्द्रीय सदस्यको सूचि प्रकाशित गरेको थियो। सूचिमा राखिएका कतिपय व्यक्तिहरु अहिले नेकपामा जिम्मेवारी लिएर बसेका छन् ।

बैतडीबाट वामदेव गौतमको एकता अभियान सूचिमा राखिएका नेकपा प्रदेश कमिटी सदस्य महादेव भट्टले आफ्नो नाम समावेश गरेको भन्दै आपत्ति जनाएका छन्। भट्ट हाल प्रचण्ड-माधव पक्षसँग रहेका छन्। नेकपा बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पाल ओली समूहमा गएपछि भट्टलाई अध्यक्ष पदमा सिफारिस गरिएको छ।

‘म कतै विचलित छैन। ‘भट्टले भने, ‘वामदेवले चरित्र हत्या गर्ने काम गरे। सूचिमा समावेश अरु साथीहरु समेत नेकपाप्रति प्रतिबद्ध छन्।’ सूचि तयार गर्दा कोहीसँग कुरा नगरि जथाभावी नाम राखेको भन्दै भट्टले वामदेवको अभियानले कम्युनिष्ट आन्दोलन झन कमजोर भइरहेको बताए। प्रतिगमनविरुद्ध लडनुको साटो यसरी अनावश्यकरुपमा नाम मुछेर वामदेवले कस्तो एकता खोजेका हुन भन्ने उनको प्रश्न थियो।

आइतबार वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समिति र केन्द्रीय कार्यसम्पादन समितिलाई अन्तिम रूप दिएको थियो। सहसंयोजकमा हरि पराजुली रहेका छन् भने सचिवमा बाबुराम थापा छन्। वामदेव गौतमको एकता अभियानमा ६६७ केन्द्रीय सदस्य रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्