कविता : फालिनेछ बलात्कारीको लिंग उखेलेर

  • 36
    Shares
लोकपाटी न्यूज

 लेखक : विजय पाैडेल

ए बलात्कारी पुरुषहरु हो
आउ मलाई बलात्कार गर
जबर्जस्ती योनीमा लिंग छिराएर गर्छाै कि ?
घाँटी अठ्याएर मारेर ?
प्रमाण संकलनमा लापरबाही गरेर गर्छाै कि ?
बलात्कारीलाई छाड्ने फैसला गरेर ?
सामाजिक विभेद र हिंसा गरेर गर्छाै कि ?
धर्म संस्कृति अनि संस्कारको बन्धनमा राखेेर ?
एसीड फालेर गर्छाैं कि ?
काैडीको भाउमा बेचेर ?
छोरी भनेर जन्माएर गर्छाैं कि ?
नातिनी भनेर माया गरेर ?
निर्मला बनाएर गर्छाैं कि ?
भागिरथी बनाएर ?
सत्ताको आडमा गर्छाैं कि ?
प्रशासनको आडमा ?
आखिर जसरी पनि तिमिले गर्ने बलात्कार नै हो
किनकी तिम्रो सोच नै योनीसम्म मात्रै छ
किनकि तिमी महिलामा योनी मात्रै देख्छाै
तर खबरदार
अब महिला फगत योनीमात्र होइनन्
योनी सहितका जिउँदा, जाग्दा सचेत क्रान्ति हुन् ।

ए बलात्कारी पुरुषहरु हो
आउ मलाई बलात्कार गर
सक्छाै, हिम्मत छ ?
जंगलमा, बाटामा, अँध्यारोमा ढुक्ने लाछीहरु हो ?
दिमागमा लिंग बोकेर हिड्ने कायरहरु हो ?
अनुहार देखाउने हिम्मत छैन तिम्रो
त्यसैले त, निर्मला र भागिरथीलाई बलात्कार गरेर लुकेका छाै
तर अब हिम्मत म मा छ
तिम्रो लिंग उखेलेर फाल्ने अदम्य साहस छ ।
फाल्ने छाै तिम्रो लिंग उखेलेर
तिम्रो लिंगको सत्ता उखेलेर
हो फालिनेछ हरेक बलात्कारीको लिंग उखेलेर ।
हो फालिनेछ हरेक बलात्कारीको लिंग उखेलेर ।।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्