नेतृ रामकुमारी झाँक्रीलाई रिहा गरेको भन्दै एसएसपी थापा हेडक्वार्टर तानिए

  • 3.7K
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। नेकपा नेतृ रामकुमारी झाँक्रीलाई रिहा गरेको भन्दै महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापा हेडक्वार्टर तानिएका छन्।

१० महिनाअघि मात्रै अपराध महाशाखामा आएका उनलाई रातारात हेडक्वार्टर तानेर उनको ठाउँमा एसएसपी चन्द्र कुवेर खापुङलाई ल्याइएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा झाँक्रीलाई पक्राउ गरिएपनि थापाले ५ घण्टामै छाडेका कारण उनलाई हटाइएको हो । उनलाई बालुवाटारकै निर्देशनमा हेडक्वार्टर तानिएको स्रोतले जनाएको छ।

थापाको कार्यकालमा ठूला आपराधीक घटनाको सफल अनुसन्धान भएको थियो। राजधानीको गोंगबुमा एक युवाको हत्या घटनामा २४ घण्टा नबित्दै अपराध महासाखाले सफल अनुसन्धान गरेर घटनामा समलग्न महिलालाई पक्राउ गर्न सफल भएको थियो।

राज्य विरुद्ध कसुर गरेको भन्दै नेकपा नेतृ रामकुमारी झाँक्री गत माघ १९ गते पक्राउ गरेकी थिइन्। उनलाई प्रहरीले ५ घण्टामै रिहा गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्