जसपा नेता साह नेकपा ओली समूहमा प्रवेश

pic
  • 37
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य किरण साह नेकपा केपी शर्मा ओली समूहमा प्रवेश गरेका छन्। रौतहटका नेता किरण साह पार्टी परीत्याग गरि नेकपाको ओली समूहमा प्रवेश गरेका हुन्।

उनलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन्।

केही दिनअघि जसपाकै अर्का नेता डा.शिवजी यादव पनि नेकपाको ओली समूहमा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्