नेपाल इन्फ्रास्ट्रक्चरकाे शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि

  • 197
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४५२ पुगेको हो। यो समचार तयार पार्दासम्म मार्केट डेप्थमा २६ लाख ५० हजार ९४३ कित्ता शेयर खरीद अर्डर छ भने विक्री अर्डर एउटा पनि छैन।

कम्पनीको शेयरमूल्य आइतवारदेखि दोस्रो बजारमा कारोबारमा आएको हो। सोही दिनदेखि नै कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतका दरले वृद्धि हुँदै आएको छ। नेप्सेले यस कम्पनीको पहिलो कारोबारका लागि ११३ दशमलव ६२ देखि ३४० दशमलव ८६ मूल्य रेञ्ज तोकेको थियो।

कम्पनीको शेयर गत आइतवार पहिलो कारोबार ३४० मा ओपन भएको थियो। यस कम्पनीको शेयर धेरैमा ५० देखि ६० कित्ता माग गरे बमोजिम ५० भन्दा तल आवेदन दिएका आवेदकले आवेदन दिएअनुसार पाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्