भागीरथी हत्यामा संलग्न व्यक्ति नजिक पुगिसक्यौं : गृहमन्त्री थापा

Ram Bahadur thapa Badal
  • 10
    Shares
लोकपाटी न्यूज

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषी नजिक प्रहरी पुगेको बताएका छन्। सर्वोच्च अदालत, बार एशोसिएसन, महिला समितिले ज्ञापन पत्र बुझाएपछि संक्षिप्त कुरा गर्दै गृहमन्त्री थापाले उक्त घटनाका दोषीलाई छिट्टै कानूनी कठघरामा उभ्याउने समेत प्रतिबद्धता जनाए।

उनले भनेका छन्, ‘घटनाको दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने प्रतिबद्धतासमेत व्यक्त गर्दछु।’ घटनाको विषयमा सरकार गम्भीर रहेको समेत थापाले बताए। कञ्चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको जानकारी गराउँदै गृहमन्त्री थापाले विगतबाट पाठ सिकेर टुङ्गोमा पु¥याउने गरी छानबिन प्रक्रिया अघि बढेको बताए।

महिला हिंसा रोक्न सरकार गम्भीर रहेको दोहोर्‍याउँदै गृहमन्त्री थापाले त्यसैका लागि नेपाल प्रहरीमा महिला सेलको स्थापना गरिएको बताए। उनले हिंसा बलात्कारका घटना हुन नदिन र यस्ता घटना भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्