बोर्डले पाइपलाइनबाट हटायाे बरुण हाइड्रोपावरकाे हकप्रद शेयर

  • 11
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल धितोपत्र बोर्डले बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयर निष्कासनका लागि दिएको आवेदन पाइपलाइनबाट हटाएको छ ।

उक्त कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि विसं २०७५ साल जेठ २२ गते बोर्डमा निवेदन दिएको थियो। बोर्डले आवश्यक कागजात माग गर्दा समयमै उपलब्ध नगराएकाले आवेदन पाइपलाइनबाट हटाइएको जानकारी दिएको छ।

कम्पनीको हकप्रद निष्कासन प्रक्रियाका लागि टिप्पणीसहित आवश्यक कागजात पेश गर्न निर्देशन दिएको ६ महीनासम्म पनि जवाफ नआएका कारण आवेदन पाइपलाइनबाट हटाएको बोर्डका सहायक प्रबक्ता रुपेश केसीले जानकारी दिएका छन्।

हकप्रद निष्कासन प्रक्रिया अन्योलमा परेपछि मंगलवार कम्पनीको शेयरमूल्यमा नकारात्मक प्रभाव परेको छ। कारोबारको साढे २ घण्टाको अवधिसम्म कम्पनीको शेयरमूल्य ६ दशमलव ६७ प्रतिशत घटेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्