सेयर बजार अहिलेसम्मकै उच्च बिन्दुमा पुग्याे

Share Market
लोकपाटी न्यूज

काठमाडौं। मंगलबार सेयर बजार सूचकले २६०० अंकको बिन्दु पार गरेको छ। यो नेपाली सेयर बजारको इतिहासमा अहिलेसम्मकै उच्च बिन्दु हो। आइतबार साँझ सार्वजनिक मौद्रिक समीक्षामा सेयर बजारलाई प्रभावित पार्ने कुनै पनि विषय उल्लेख नभएपछि सोमबार सेयर बजार ९२ अंकले बढेको थियो।

मंगलबार पनि बजारको उकालो यात्रा कायमै रहँदा सामान्य कारोबार सेसनको पहिलो ५ मिनेटमै बजारले ३६२३ अंकको बिन्दु छोएको हो। त्यसपछि केही समय ओरालो लागेको बजार समाचार तयार पार्दा सम्म २६११ अंक पुगेको छ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, मिर्मिरे माइक्रो फाइनान्स र हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर कारोबार भइरहेको छ। नबिल बैंक र एनसीसी बैंकको सर्वाधिक १०/१० करोड रुपैयाँ भन्दा बढीको कारोबार भइसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्