‘कानूनबाहिर गएर काम नगर्नुस् : मन्त्री तुम्बाहाङ्फे

Shivamaya Tumbahamphe
  • 7
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालय उदघाटन गरेकी छिन्।

मौसमका कारण सदरमुकाम फुङलिङका लागि जहाज उडान नभएपछि मन्त्रालयबाटै भर्चुअल माध्यमबाट मन्त्री तुम्बाहाङ्फेले मालपोत र नापी कार्यालय उदघाटन गरेकी हुन्। कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले सरकारले मालपोत, नापीजस्ता कार्यालयलाई व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज बनाउँदै लैजाने जानकारी दिए।

उनले कर्मचारीलाई सेवामा रहँदा आफ्नो दायित्व नबिर्सन आग्रह गरिन्। ‘कानूनभन्दा बाहिर गएर कसैले केही गर्न पाउँदैन,’ उनले भनिन्।

कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा भूमि सम्बन्धी समस्या समाधान आयोग र जिल्लामा ७७ जिल्ला समिति गठन भएको दोहोर्‍याउँदै स्थानीय तहसँग मिलेर काम गर्न आग्रह गरिन्। आयोगमा मालपोत र नापीका प्रमुखहरु पनि जिल्ला समितिमा रहनेछन्।

उनले आयोगको काममा जनप्रतिनिधिहरुसमेत जोडिएकाले उनीहरुलाई ऐनअनुसार जिम्मेवार भएर काम गर्न आग्रह गरिन्।