सपनाकाे बाबुकाे रुपमा चिनाउदै आएका विनयजंग पक्राउ

  • 8
    Shares
लोकपाटी न्यूज

काठमाडौं । विश्वको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएपछि विनयजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

सपनाले विनयजङ्ग बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध गत शुक्रवार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिईन् । मगरको किटानी जाहेरी दिएको उपर काठमाडौं जिल्ला अदालतले विनयजंग बस्नेतविरुद्ध आइतवार पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीले आज (मंगलवार) केहिबेर अघि बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बेवारिसे शव जलाउने किशोरी सपनालाई बीबीसीले यस वर्ष विश्वको १०० प्रभावशाली महिलाको सूचीमा राखेको थियो । उनीसँगै शव जलाउने बस्नेतले सपना लाई छोरीका रुपमा चिनाउँदै आएका थिए ।

बस्नेतलाई मंगलबार साँझ काठमाडौं गोंगबुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

‘उनलाई हामीले भर्खरै गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेका छौं,’ सिंहले भने, ‘परिसर ल्याएर अनुसन्धान अघि बढाउँछौं।’

बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको थियो। बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्बिर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो। बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्बिरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामग्री सार्वजनिक गर्ने धम्की दिएका थिए।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। त्यही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन्।

बस्नेत एक्सन फर सोसियल चेञ्जका संस्थापकसमेत हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्