बागमती प्रदेशसभाको बैठक स्थगित

bagmati pradesh sava
  • 11
    Shares
लोकपाटी न्यूज

हेटौंडा। वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ। बुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सभामुख सानकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका हुन्।

सूचना जारी गर्दै सभामुख श्रेष्ठले विशेष कारण देखाउँदै बैठक स्थगित भएको जानकारी सांसदहरुलाई दिएका थिए।

आज जारी सूचनामा भनिएको छ, ’मिति २०७७ साल फागुन ५ गते बुधवार दिनको २ बजे बस्ने गरी निर्धारण गरिएको प्रदेश सभाको बैठक विशेष कारणले गर्दा माननीय सभामुखजुयुले प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मको लागि स्थगित गर्नु भएकवले माननीय सदस्यज्युहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु।’

आज मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको थियो। नेकपाका दाहाल–नेपाल समूहका ४५ जना सांसदहरुले प्रधानमन्त्री ओली समूहका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएसँगै वाग्मती प्रदेशसभाको बैठक पेचिलो बनिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्