वैधता र वैधानिकता गुमाएको ओली सरकारको पतन धेरै टाढा छैन : गगन थापा

Gagan thapa
  • 53
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पतन धेरै टाढा नरहेको बताएका छन्।

युवा नेता थापाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत् ओली सरकारको आयु धेरै नभएको टिप्पणी गरेका हुन्।

बैतडीको डिलासैनीमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा ओली पक्षका कार्यकर्ताले गरेको आक्रमणलाई हिंसा कायरहरूको हतियार हो भन्दै उक्त घटनाको निन्दा गरेका हुन्।

उनले लेखेका छन्, ‘निषेध र आक्रमणको यो शैली सत्ता शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो। वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अव धेरै टाढा छैन।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा ओली पक्षका कार्यकर्ताले आक्रमण गरेका थिए। वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अब धेरै टाढा नभएको थापाले उल्लेख गरेका छन्।

Capture

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्