निफ्राको सेयर मूल्यमा चौथो दिन पनि सकारात्मक सर्किट

  • 124
    Shares
लोकपाटी न्यूज

नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को शेयर मूल्यमा लगातार चौथो दिन सकारात्मक सर्किट लागेको छ। बुधबार नियमित कारोबार सुरु भएको २ मिनेट मै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो।

तेस्रो दिन (हिजो) सर्किट लागेर बैंकको अन्तिम कारोबार ४५२ मा भएको थियो। चौथो दिनको कारोबारमा प्रि ओपनमा बैंकको मूल्य ४७४ पुगेकोमा नियमित कारोबार सुरु भएको १ मिनेट मै बैंकको शेयर मूल्यमा सर्किट लागेको हो। यो समाचार तयार पार्दासम्म बैंकको शेयर मूल्य ९.९६ प्रतिशतले बढेर ४९७ पुगेको छ।

बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो। बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए। नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १२.५४ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ४० करोड २७ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको नाफा घटेर ३५ करोड २५ लाख कायम भएको हो। बैंकको वितरणयोग्य नाफा भने २७ करोड ६० लाख रहेको छ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७२ प्रतिशतले घटेर ५६ करोड ९४ लाख कायम भएको छ। त्यस्तै बैंकको संचालन मुनाफा १२.३२ प्रतिशतले घटेर ३५ करोड २५ लाख कायम भएको छ। १२ अर्ब चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ९४ करोड रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्