काठमाडौं। नेपाली बजारमा बुधवार सुन तथा चाँदीको मूल्य घटेको छ। स्थानिय बजारमा बुधवार सुनको भाउ १ हजार १०० ले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ८९ हजार ८०० मा कारोबार भएको छ। मंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ९०० मा कारोबार भएको थियो। मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला १ हजार १०० ले घटेको हो।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ३५० मा कारोबार भइरहेको छ। मंगलवार तेजाबी सुन प्रतितोला ९० हजार ४०० मा कारोबार भएको थियो।
यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेको छ। मंगलवार प्रतितोला एक हजार ३६० मा कारोबार भएको चाँदी बुधवार प्रतितोला एक हजार ३४० मा कारोबार भइरहेको छ। मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य २० ले घटेको हो।