संवैधानिक इजलासमा एमिकस क्युरीको बहस : ‘संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकार दिएकै छैन’

High Court
  • 22
    Shares
लोकपाटी न्यूज

काठमाडौं। मंगलबारदेखि संसद विघटनविरुद्धको मुद्दामासर्वोच्चको संवैधानिक इजलासमा अदालतको सहयोगी ‘एमिकस क्युरी’ को बहस जारी छ। बुधबार एमिकस क्युरीका सदस्य एवं वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले बहस गरेका छन्।

बहसका क्रममा अधिवक्ता खरेलले नेपालको संविधानमा प्रधानमन्त्रीलाई विशेषाधिकार नभएको जिकिर गरेका छन्। बुधबार बहस शुरु गर्दै खरेलले आफूले मूख्यतः ४ प्रश्नमा केन्द्रीत रहने बताउँदै बहस शुरु गरेका थिए। नेपालको संविधानममा प्रधानमन्त्रीलाई कुनैपनि विशेषाधिकार नभएको दाबी गर्दै उनले भने-‘हाम्रो संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार छैन। बोल्दै नबोली प्रधानमन्त्रीको हकमा लुत्त लुत्त विशेषाधिकार राख्नुपर्ने किन हुन्छ र ? हाम्रो संविधानले कल्पनै नगरेको विशेषाधिकार छ भन्न मिल्दैन।’

त्यस्तै २०४७ सालको संविधानको धारा ५३(४) हटाउनु भनेकाले लुकाएर राखेको नभनेको समेत उनले बताए। त्यस्तै आम मानिस र सञ्चारकर्मीहरुले बहसका लागि एमिकस क्युरी गठनका विषयमा प्रश्न उठेको बारे इजलासमा चर्चा गरेका थिए। ‘‘छापामा, आममानिसले, नेताले व्यक्तिको निश्चित स्वार्थ पूरा हुने गरी बेन्च गठन भयो भनेर प्रश्न उठाए । तर, मलाई लाग्छ यो पाँचजनाको इजलासले यो प्रश्नको जवाफ दिनेछ।’’उनले भने ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनलाई अनुमोदन गरी नयाँ निर्वाचनको घोषणा गरेसँगै सर्वोच्चमा १३ वटा रिटनिवेदनहरु परेका थिए। सम्पूर्ण बहसहरु सोमबार सकाउँदै एमिकस क्युरीले संवैधानिक इजलासमा छलफल गरिरहेका छन्।