क्यानालिसकाे ५ उत्कृष्ट स्मार्टफोनको सूचिमा रियलमी पनि

  • 9
    Shares
लोकपाटी न्यूज

काठमाडौं। टेक्नोलोजीको क्षेत्रमा स्थापनाको छोटो समयमा गुणस्तरीय उत्पादनका साथ बलियो उपस्थिति जनाउँदै गएको रियलमी ५ उत्कृष्ट स्मार्टफोनको सूचिमा परेको छ। स्मार्टफोनका क्षेत्रमा अनुसन्धान गर्दै आएको टेक्नोलोजी कम्पनी क्यानालिसले सार्वजनिक गरेको ‘५ उत्कृष्ट स्मार्टफोन २०२०’ को सूचिमा रियलमी पनि परेको हो।

चाैँथो त्रैमासिक क्यानालिस स्मार्टफोन शिपमेन्ट रिपोर्टका लागि कम्पनीले विश्वका १५ मुख्य ठूला स्मार्टफोन बजारको अध्ययन गरेको थियो। उक्त रिपोर्टले दक्षिण पश्चिम एसियाली मुलुकमा रहेका ५ ठूला स्मार्टफोन बजारमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने चौँथो स्मार्टफोन रियलमी रहेको देखाएको छ। फिलिपिन्सको स्मार्टफोन बजारमा तेस्रो स्थानमा पर्न सफल रियलमीको माग आर्थिक रुपमा विकसित हुँदै गएका थाइल्यान्ड, म्यानमार लगायतका मुलुकमा वार्षिक रुपमा शतप्रतिशतले वृद्धि भएको देखिन्छ।

समग्र मोबाइलफोनको १२ प्रतिशत बजार सेयरका साथ भारतमा रियलमी पाँचौ नम्बरमा पर्न सफल भएको छ। रियलमी ग्रिस, चेक रिपब्लिक र रसिया जस्ता युरोपियन मुलुकका बजारमा समेत ५ नम्बरमा रहेको छ। रिपोर्ट अनुसार २०२० को चौंथो त्रैमासिकमा रसियामा त यस फोनको विक्री ३३८ प्रतिशतले बढेको देखिन्छ।

‘चुनौतीदेखि उन्नतिसम्मको एजेण्डालाई मूर्त रुप दिएर निर्माण गरिएको यो फोन उत्कृष्ट पर्फमेन्स, स्टाइलिस डिजाइनका साथ सुहाउँदो मूल्यको संयोजन हो। यस कठिन समयमा पनि रियलमीका उत्पादन र मार्केटिङ रणनीति प्रभावकारी छन्। हामी सेवाग्राहीको रोजाइलाई प्राथमिकतामा राखि नवीनतम् डिजाइन, सफ्टवेयर र हार्डवेयर बीच सन्तुलित संयोजन तथा आकर्षक डिजाइन उपलब्ध गराउने प्रतिवद्धता गर्दछौँ,’ रियलमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ‘स्काई ली’ले बताए।

क्यानलिसको रिपोर्टअनुसार भारत, इन्डोनोरिया, बंगलादेश, कम्बोडिया, थाइल्यान्ड, मलेसिया, म्यानमार, पाकिस्तान, फिलिपिन्स, रसिया, इजिप्ट, इजरायल, चेक रिपब्लिक, ग्रिसमा उत्कृष्ट पाँच मोबाइल फोनको सूचिमा रियलमी सूचिकृत भएको छ। यससँगै दक्षिणपूर्वी क्षेत्रमा पनि रियलमीले व्यापक रुपमा आफ्नो बजार विस्तार गर्दै गइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्