काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले नागरिकमा निराशा र आक्रोश छाउनु देशका लागि राम्रो संकेत नभएको बताएका छन्। बुधबार नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको उद्घाटन गर्दै पुनले देशमा सरकारको पछिल्लो कदमपछि धेरै नागरिक आक्रोशित र निराश बनेको भन्दै यो अवस्था देशका लागि राम्रो लनहुने बताएका हुन्।
सरकारको कदमको पक्ष र विपक्षमा देशभर प्रदर्शन भइरहेको तर राजनीतिक दलहरू, पत्रकार महासंघलगायतका नागरिक संस्थाहरूले पनि सरकारको कदमको विरोध गरेको भन्दै उनले सरकारले नागरिकलाई शान्ति, समृद्धि र विकास दिनुपर्ने बताए। उनले नागरिकप्रति जिम्मेवार भएर पत्रकारिता गर्न प्रेस जगतसँग आग्रह गरे।