१५ वर्षमा जेल परेका युवक ६८ वर्षपछि रिहा : परिवार चिन्न गाह्रो

jel
  • 18
    Shares
लोकपाटी न्यूज

एजेन्सी। अमेरिकामा १५ वर्षको उमेरदेखि आजीवन कारावासको सजाय पाएका एक नागरिक जेलमुक्त भएका छन्। ११ फेब्रुअरीमा जेलबाट रिहा भएका उनीमाथि जोसेफ लिगन नामक व्यक्तिमाथि सन् १९५३ मा दुई व्यक्तिको हत्या गरेको आरोप पुष्टि भएको थियो। दोषी पाइएपछि उनलाई आजीवनक कारावासको सजाय तोकिएको थियो।
झण्डै सात दशक जेलमा बिताएका उनको जीवन अब पक्कै पनि सहज हुनेछैन।

जेलबाट बाहिर निस्किएका उनी शहरका अग्ल भवनहरू देखेर चकित परे। १५ वर्षको उमेरमा जेल गएको केटो अहिले ८३ वर्षका वृद्ध भएका थिए। लिगन १५ वर्षको हुदाँ उनी लुटपाटको घटनामा संलग्न थिए, लुटपाटकै क्रममा उनले दुई व्यक्तिको हत्या गरेको अभियोग लगाइएको थियो, जसमा उनी दोषी ठहरिए। उनले आफ्नो जीवनको ६८ वर्ष जेलमा बिताएका छन्।

जेलबाट छुटेपछि परिवार भेट्न गएका उनका अधिकांश आफन्तहरुको मृत्यु भइसकेको थियो। उनले चिन्ने अनुहारहरु परिवारमा एकदमै कम मात्र थिए। जेलमा परेको ६८ वर्षपछि उनलाई वकिलले जेलबाट निकाल्न सफल भएका छन्। वकिलले लिगनको आजीवन कारावासलाई असंवैधानिक पुष्टि गरेपछि उनी जेलमुक्त भएका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्