इन्फ्रास्ट्रकचर बैंककाे सर्वाधिक शेयर काराेबार

लोकपाटी न्यूज
0 Shares

आइतबारबाट कारोबारमा आएको इन्फ्रास्ट्रकचर बैंकको आज ६५ करोड रुपैयाँ भन्दा धेरै रकमको कारोबार भएको छ।

आज कारोबबार सुरु भएको दई घण्टाको अवधी सम्म आइपुग्दा कम्पनीको ६५ करोड ५५ लाख बराबरको कारोबार भएको छ। आज कम्पनीको शेयर मूल्य पनि ९.९६ प्रतिशतले बढेर पुगेको छ।

कम्पनीको कारोबार उच्च भए पनि कम्पनीको शेयरको माग भने उच्च रहेको छ। अहिले कम्पनीको शेयर खरिदका लागि ५ हजार ८ सय ८४ आवेदकले १५ लाख बढी कित्ताको माग राखेका छन्।

प्रतिकित्ता ३४० देखि खुलेको निफ्राको शेयर मूल्य बुधवार सर्वाधिक ९ दशमलव ९६ प्रतिशत बढेर ४९७ पुगेको छ। कम्पनीको उक्त अवधिसम्म १३ लाख ७४ हजार २५४ कित्ता शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्