थाल र ग्यासको सिलिन्डरसहित विद्यार्थीले गरे विरोध प्रदर्शन

birodh
  • 40
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ। जनता समाजवादी पार्टी (जसपा) ले बुधबार राजधानीमा विरोध प्रदर्शन हो। राजधानीको माइतीघरमा विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ताको माग गर्दै खाना खाने थाल र सिलिन्डरसहित प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, बढ्दो महँगी नियन्त्रण गर, निरंकुश प्रधानमन्त्री मुर्दावाद’लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए। नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ) मूल्य बढाएको थियो। निगमले एक साताको अन्तरालमै दुई पटक मूल्यवृद्धि गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्