प्रचण्ड सहमति गरेपछि पालना गर्छन्, ओली सधैँ ढाँटछल गर्छन् : शेरबहादुर देउवा

Sher_Bahadur_Deuba
  • 19.7K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इमान्दार नेता भएको बताएका छन्। सभापति देउवाले प्रचण्डलाई बोलीको पक्का भएको, सहमति गरेपछि इमान्दारिताका साथ पालनका गर्ने नेताको रूपमा चित्रण गरे।

सेनापति प्रकरणमा पूर्व एमालेको सहयोगले चालेको कदम असफल भएपछि बहुमत सरकारबाट प्रचण्डले राजीनामा दिएको देउवाले बताए। तर प्रधानमन्त्री केपी ओलीमा भने इमानदारिता नदेखिएको उनको टिप्पणी छ।

देउवाले भनेका छन्, ‘कांग्रेस-माओवादी सरकार बनाउँदा प्रचण्डले मसँग भएको पूर्व सहमतिको पालना गरी चुनावी सरकारको नेतृत्व हस्तान्तरण गरेर जुन राजनीतिक इमान्दारिता देखाए, त्यस्तै इमान्दारिता केपी ओलीले प्रचण्डसँग आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने गरी भएको सम्झौताको पालना गरेर इमान्दारिता देखाउन सकेनन्।’

उनले संसद विघटनको विषयमा अदालतको निर्णय कांग्रेसले स्वीकार्ने बताए। उनले संसद पुनर्स्थापना भएन र यदि चुनाव भयो भने नेपाली कांग्रेसले बहुमत ल्याउने देउवाको दाबी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्