ओली नक्कली प्रधानमन्त्री हुन् : नेता शर्मा

Ramkumar sharma-2
  • 39
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रामकुमार शर्माले केपी शर्मा ओली नक्कली प्रधानमन्त्री भएको बताएका छन्। प्रधानमन्त्री ओलीमाथि १३ वटा आरोप लगाउँदै उनलाई चिन्न नेता शर्माले आग्रह गरेका छन्।

उनले ओलीमाथि प्रधानमन्त्री पद जोगाउन दलाली गरिरहेको दाबी पनि गरेका छन्। पहिलो नम्बर बुँदामा नेता शर्माले ओलीले भारतको चर्को विरोध गरेर नेपाली जनतालाई ठगिरहेको आरोप पनि लगाए।

सामाजिक सञ्जालमार्फत नेता शर्माले प्रत्येक मुद्दामा ओलीले दोहोरो चरित्र देखाइरहेकोले नेपाली जनताले उनको वास्तविकता चिन्नुपर्ने बताएका छन्।

नक्कली प्रधानमन्त्रीको पहिचान गरौं।

१. नेपाली जनतालाई ठग्न भारतको चर्को विरोध गर्ने, कुर्सी जोगाउन विदेशी जासुस सामन्त गोयलको दलाली गर्ने।
२. मधेस आन्दोलनलाई विदेशी भनेर दमन गर्ने, भोटको लागि भाडामा मधेसी बोलाएर धोती जुलुसको प्रदर्शन गर्ने।
३) बदनाम विदेशी महिलालाई आमन्त्रण गरी होली वाइन जिउनार गर्ने, भाजपाको समर्थन पाउन पशुपति को व्यापार गर्ने।
४. भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनी भित्ता-भित्तामा पोस्टर लगाउने, तर आफै भ्रष्टाचारको संरक्षक भई यति ओम्नी, सञ्चार उपकरण खरिद, स्वास्थ्य सामग्री खरिद, वाइडवडी विमान खरिद, बालुवाटार जग्गा प्रकरण,लगायत दर्जनौँ ठुल-ठुला भ्रष्टाचारको संरक्षक बन्ने।
५. पार्टीले काम गर्न दिएन भने र अर्को तर्फ तीन वर्षको सरकार सफल छ भनी प्रचार पनि गर्ने।
६. जनताको बहुदलीय जनवादको ठेकदार हो भनी दावा गर्ने तर पार्टी र संसद् भित्र बहुमतलाई अस्वीकार गर्ने।
७. मदन भण्डारीको धर्म पुत्र हो भनी दाबी गर्ने, मदन भण्डारी फाउन्डेसन मार्फत वहाँको श्री, सम्पत्ति सबै कब्जा गर्ने, मदन भण्डारी हत्या काण्ड छानबिनको संयोजक बन्ने, सरकारमा जाने बित्तिकै दोषीलाई जेल पठाउने गफ दिने तर दुई पटक सम्म प्रधानमन्त्री भइसक्दा पनि हत्यारा नसमात्ने गफाडी कुरा मात्रै गर्ने।
८. सुशासनको दुहाई दिने तर एक वर्षमा एक पटक सिंहदरबारमा सवारी हुने।
९. लोकतन्त्रवादी हो भन्ने नाटक गर्ने तर असंवैधानिक तवरले संविधान र संसद्को हत्या गर्ने।
१०. बुढो ज्यान जोगाउनकै लागि युवा-युवतीहरूको किड्नी झिक्ने र आफ्नो उपचारमा जनताको रकममा रजाइँ गर्ने।
११.कम्युनिस्ट ब्यानरमा राजनीति गर्ने तर हिन्दु भोटको लागि ज्ञानेन्द्र शाह र कमल थापाको मुद्दा अपहरण गर्न नक्कली अयोध्या र पशुपतिमा राज्यकोष लुटाउने।।
१२. कार्यालय नै खोलेर पानी जहाज,काठमाडौंमा मेट्रो,पूर्व पश्चिम-उत्तर दक्षिण रेल्वे सञ्चालन, जस्ता गफाडी कुरा गर्ने तर काम नगर्ने
१३. काँग्रेसका नेता अफताव आलमलाई जेल हालेर गर्भ गर्ने तर आफ्नै मन्त्रीपरिषदमा काशीनाथ तिवारी हत्याको आरोपी प्रभु साहलाई सामेल गरेर लाज नमान्ने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्