फेकनको निर्वाचनमा तामाङ प्यानलको यस्तो छ चुनावी प्रतिबद्धता

  • 51
    Shares
लोकपाटी न्यूज

काठमाडौं। शैक्षिक परामर्शदाताहरुको संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को निर्बाचन आगामी फागुन ८ गते शनिवारका हुने भएको छ। चुनाब हुने भएसंगै चुनावी सरगर्मी बढेको छ।

आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि  फेकनका पूर्व उपाध्यक्ष बासु नेपाल  र वर्तमान महासचिव भुपाल तामाङले उम्मेदवारी दिएका छन् । त्यस्तै वर्तमान सचिव राजु निरौलाले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

परामर्श क्षेत्रमा दशकौं लामो अनुभव बटुलेका तामाङ्गले फेकनमा कार्यकारी सदस्य तथा महासचिवको भूमिका सफलता पुर्वक निर्वाह गरेका छन। बर्तमान कार्य समितिका एक पदाधिकारीका अनुसार आहिलेको कार्य समितिमा तामाङ्गको पक्षमा बहुमत सदस्यहरु रहेका छन भने साधारण सदस्यहरुमा पनि निकै राम्रो पकड रहेको छ। आगामी निर्वाचनमा तामाङ्गको जित सुनिश्चित रहेको बताईएको छ।

लाेकपाटीसंगको कुराकानीमा अध्यक्ष पदका प्रत्यासी तामाङ्गले फेकनको संगठन सातै प्रदेशमा विस्तार गर्ने,आफ्ना सदस्यहरुको व्यवशाय अभिवृद्धिका लागि क्यानाडा लगायतका अन्य सम्भावित गन्तब्यहरु पहिचान गरि कुटनीतिक सम्वन्ध बिस्तार गर्ने, शिक्षा मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरुसंग समन्वयका साथै खबरदारी गर्ने र फेकनलाई आगामी दिनमा परामर्श क्षेत्रको सबै भन्दा ठुलो तथा प्रभावकारी संगठन बनाउने प्रतिवद्धता व्यक्त गरे।

नौ वर्षअघि शैक्षिक परामर्शदाताहरु कै अर्को संगठन इकेनले सबैको भावनाको प्रतिनिधित्व गर्न नसकेको भन्दै फेकनको गठन भएको थियो। यो संगठनको बर्तमान अध्यक्ष यूबराज कट्वाल रहेका छन। बिधानतः दुई कार्यकाल भन्द बढी अध्यक्ष हुन नपाउने भए पछि उनी चुनाबि माहोलबाट बाहिरिने छन।

यस्ताे छ तामाङकाे चुनावी घाेषणापत्र:

तामाङकाे प्यानलले चुनावी कार्ययोजना तथा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै  फेकनलाइ व्यवसायीहरुमाझ चलायमान र सञ्चारमैत्री बनाईने उल्लेख छ। त्यस्तै सचिवालयमा आवश्यक कर्मचारीको व्यवस्था गर्ने र एप सञ्चालनमा ल्याईने प्रतिबद्धता छ। सचिवालय बृहत र सुविधासम्पन्न बनाईने उनको कार्ययोजनामा उल्लेख छ। त्यस्तै व्यवसायिक क्षमता अभिवृद्धी गर्नका लागी बार्षिक क्यालेन्डर बनाई सोही अनुसारका विभिन्न शैक्षिक गतिबिधीहरु सञ्चालन गर्ने पनि जनाईएको छ। त्यस्तै महिला व्यवसायी लक्षित सवलीकरण तथा बृत्ति विकासको कार्यक्रम सञ्चालन गरिने पनि प्रतिबधत्ता जनाईएको छ। त्यस्तै यो बर्ष शैक्षिक मेलाको आयोजना गरिने र सदस्यहरुको प्रोफाईल बुकलेट प्रकाशन गर्ने पनि जनाइएको छ।

त्यस्तै शैक्षिक परामर्श क्षेत्रमा देखिएको बैदेशिक क्षेत्रको सँलग्नताको सम्बन्धमा एफडिआई, फ्रेन्चाईज, कलेज डाईरेक्ट मार्केटिङ, आईटीप्लेटफर्म जस्ता कार्यलाई पूर्ण नियमन तथा निरुत्साहित गर्नका लागी सम्बन्धित निकायमा पहल गर्ने नीति लिईने पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ। स‌ङ्घीय सँरचना अनुसार फेकनको संघटन विस्तार तथा सदस्यता संख्या दोब्बर पारिने पनि घोषणापत्रमा उल्लेख गरिएको छ। शैक्षिक परामर्श तथा भाषा शिक्षण निर्देशिकालाई व्यवसायीमैत्री बनाउने, भाषा शिक्षण तथा परामर्श क्षेत्रलाई एउटै निकायबाट हुने व्यवस्था मिलाईने तथा शिक्षा मन्त्रालयमार्फत हुने सेवाहरुलाई व्यवसायी मैत्री बनाईने प्रतिबद्धता पनि  छ।

फेकनको कोषलाई आगामी २ बर्षभित्र एक करोड पु¥याउने लक्ष्य पनि प्यानलले राखेको छ। सदस्यहरुको व्यवसायिक सहजताको लागी मिडिया, बैंकिङ, इन्स्युरेन्स, आईटी, ट्राभल्स, कुरियर, ट्रेनिङ पाटनरसंग समन्वयन गर्ने, आर्थिक क्रियाकलापको लागि सहकारीको अबधारणलाई मुर्त रुप दिने पनि प्रतिबद्धता जनाईएको छ।

विध्यार्थीको हकहितलाई ध्यानमा राख्दै कल्याणकारी कोषको निर्माणको लागी शिक्षा मन्त्रालयसंग समन्वयन गर्ने, भिषा अस्वीकृत भएमा राज्यले लिदै आएको २ प्रतिशत राजश्व विध्यार्थीलाई नै फिर्ता गर्ने व्यवस्था मिलाईने तथा विध्यार्थीले पठाउने शैक्षिक शुल्कको सम्बन्धमा सरकारी निकायसंग समन्वयन गर्दै इन्स्युरेन्सको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ।

जापानी तथा अन्य भाषाको परिक्षाको दायरालाई फराकिलो पार्दै प्रादेशिक रुपमा पनि सञ्चालन गर्नका लागी पहल गर्ने, सामाजिक विपत्तीमा सहयोगको लागी छुटै कोषको निर्माण गर्ने, सदस्यहरुको सहयोगका लागी छुटै हेल्प डेक्सको निमार्ण गर्ने, सरोकारवाला निकायसंग सम्बन्ध सुमधुर बनाउने, संस्थाको अन्तराष्ट्रिय सम्बन्ध थप मजबुत बनाउने, फेकन सदस्य तथा कर्मचारीहरुको सामाजिक सुरक्षा तथा जिवन विमा गर्नका लागी सहजिकरण गर्ने, सदस्यहरुको लागी विना धितो सहुलियतपूण कर्जाको लागी बैंकहरुसंग सहजिकरण गर्ने, सदस्यहरुसंगको सम्बन्ध मित्रवत् बनाउनको लागी मनोरञ्जनात्मक तथा रचनात्मक क्रियाकलापहरु गर्ने लगायतका प्रतिबध्दता पनि उल्लेख गरिएको छ। त्यस्तै शिक्षा मन्त्रालयसंग समन्वयन गर्नका लागी कार्यसमितिबाट छुटै समितिको गठन गरिने पनि प्रतिबद्धता तथा घोषणापत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्