गोल्मा राजा आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण

  • 195
    Shares
लोकपाटी न्यूज

सिन्धुपाल्चाचोक। सिन्धुपाल्चाचोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्वर २ बुङगाथलीको सरकामा अवस्थित गोल्मा राजा आधारभूत विद्यालयमा पोशाक वितरण गरिएको छ। विद्यालय प्राङगाण वरिपरि घेरावार लगाउने कामबाट नाफा भएको पैसाले विद्यार्थीलाई ८० जोडी पोशाक वितरण गरिएको हो। जाडोको समयमा चिसो धेरै हुने भएकाले र सबै बालबालिकालाई नियमित विद्यालय उपस्थित गराउनको लागी पोशाक वितरण गरिएको विद्यालयका प्रध्यानध्यापक विष्णु प्रसाद तिम्लसिनाले जानकारी दिए।

सरकारी विद्यालयको पढाई कमजोर हुन्छ भन्ने धेरैको धारणा भएपनि अहिले सरकारी विद्यालयको शिक्षामा सुधार आएको छ। गुणस्तरीय शिक्षा बालबालिकाका लागी अपरिहहार्य छ। शिक्षामा सुधार भए मात्र समाज परिवर्तन हुने र बालबालिकाको देश परिवर्तन र निर्माणमा अहम भूमिका रहने पूर्व विद्यार्थी एवम समाज सेवी गेहेन्द्र गुरुङले बताए।

साथै उनले सरस्वती पुजाको अवसर पारेर पोशाक हस्तान्तरण गरेका थिए। प्राविधिक शिक्षालाई जोड दिदै विद्यालयमा कम्प्युटर पनि सिकाईन्छ। विध्यालयको शिक्षामा गुणस्तरीयता कायम गर्नको लागी आफुले ३ महिना देखि निशुल्क अध्यापन गराई रहेको गुरुङले जानकारी दिए। आफु पनि सोही विद्यालयमा अध्ययन गरेको हुनाले शिक्षालाई गुणात्मक तरिकाले लैजाने र दक्ष शिक्षक शिक्षिकाको अभावमा विद्यालयको पढाइ गुणस्तरीय र प्रभावकारी नभएको उनको जिकीर थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्