आँधीखोला गाउँपालिका अध्यक्ष पौडेलद्वारा स्वास्थ्य चौकी भवनको शिलान्यास

pic
  • 77
    Shares
लोकपाटी न्यूज

स्याङ्जा। स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ४ बाङसिङमा सुबिधासम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ।

एक कार्यक्रमका बीच आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बुधबार उक्त भवनको शिलान्यास गरेका हुन्। लामो समयको प्रतीक्षापछि वडामा स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन्।

भवन शिलान्यासका प्रमुख अतिथि समेत रहेका गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले कार्यक्रममा बोल्दै भने- ‘जनताहरूका आधारभूत तहको आवश्यकता स्वास्थ्य सेवा र सुविधा प्राप्त गर्नु रहेकोले यो सेवा प्रदान गर्न आफ्नो र गाउँपालिकाबाट कुनै कसर बाँकी राख्दैनौं।’

वडामा मेनपावर भएपनि भौतिक पूर्वाधार र उपकरण नुहुँदा यहाँका बासिन्दा अलि ठूलो स्वास्थ्य समस्या हुनेबित्तिकै पोखरा वा सदरमुकाम स्याङ्जा जानुपर्ने बाध्यता हटेर अब आफ्नै ठाउँमा सेवा लिन पाईने गाउँपालिका अध्यक्ष पौडेलको भनाइ छ।

भवन निर्माणका लागि रु २ करोड १० लाख टेन्डर गरिएकोमा करिब २५ प्रतिशत ठेक्का घटेर रु १ करोड ५७ लाख मा सुन्दर निर्माण सेवा देउराली-४ कास्की ले भवन निर्माण कार्यको जिम्मा लिएको गाउँपालिका कार्यालयले बताएको छ। निर्माण कम्पनीसँग २०७७ माघमा सम्झौता भएको र यसै आर्थिक वर्षको अन्त्य सम्म पूर्ण रूपमा सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर प्रकाश पौडेलले बताए।

आँधीखोला गाउँपालिकाका वडा नं ४ का वडाध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षता सम्पन्न भएको शिलान्यास कार्यक्रमको सञ्चालन स्वास्थ्यकर्मी शंकर पौडेलले गरेका थिए। शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शर्मिला देवी पौडेल, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, कार्यपालिका सदस्य जमुना पौडेल, लगायत टोल विकास संस्थाका पदाधिकारी, स्थानीय बुद्धिजीवी र समाजसेवीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्