कामना सेवाको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

  • 26
    Shares
लोकपाटी न्यूज

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले जारी गरेको १००० प्रति ऋणपत्रका दरले १० लाख कित्ताले हुन आउँने १ अर्ब बराबरको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने छ। बैंकले आज बैंकिङ्ग समयपश्चात् आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई आवेदन फारम नलिन निर्देशन दिएको हो। बैंकले छिटोमा माघ २६ गतेसम्म ऋणपत्रमा आवेदन दिने मिति तोकेको भएपनि प्रयाप्त आवेदन नपरेपछि फागुन ६ गते बैंकिङ्ग समयसम्म समय थप गरेको थियो।

बैंकले ९ प्रतशित व्याजदरको १० वर्षे ऋणपत्र निष्कासन गरेको छ। बैकले जारी गरेको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्म दरखास्त दिन सकिने छ।
१० लाख कित्तामध्ये ६ लाख कित्ता व्याक्तिगत तवरबाट विक्री गरिने छ भने बाँकी ४ लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्कासनबाट विक्री गरिनेछ। सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको ५ प्रतिशत पनि सर्वसाधारणका लागिनै निष्कासन गरिएको बैंकले जनाएको छ।

ऋणपत्रको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्