लिखित जवाफ बोकेर सर्वोच्च जाँदै प्रधानमन्त्री ओली

KP sharma Oli-22
  • 29
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन आज सर्वोच्च अदालत जाने भएका छन्। उनी दिउँसो १ बजे पुग्ने गरी लिखित जवाफ लिएर सर्वोच्च जाने उनको सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा विघटनबारे अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएको भन्दै गत ११ माघमा प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्चमा रिट निवेदन हालेका थिए। ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए।

अदालतको अवहेलना गरेको भनेर ओलीविरुद्ध परेको मुद्दामा माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिनुपर्ने व्यवस्थाअनुसार उनी जवाफ लिएर अदालत जान लागेका हुन्।

न्यायाधीश शर्माकै इजलासले पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्धको अवहेलना मुद्दामा पनि आफैं उपस्थित भएर लिखित जवाफ दिन आदेश गरेको थियो।