काठमाडौं। स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) को नयाँ नेतृत्वको लागि बासु नेपाल समूहको प्यानलले उम्मेद्वारी घोषणा गरेको छ। आगामी फागुन ८ गते हुने फेकनको निर्वाचनका लागि नेपाल समूहले सोमबार उम्मेद्वारी घोषणा गरेको हो।
नेपाल समूहबाट उपाध्यक्षमा प्रज्वल बस्नेत र हेमन्तराज दुलालले उम्मेद्वारी घोषणा गरेका छन्। यस समूहको महासचिवमा विपिन केसी र सचिवहरुमा पृथ्वीबहादुर चन्द र अमित खड्काले उम्मेद्वारी घोषणा गरेका छन्।
यसैगरी कोषध्यक्षमा अनिल शर्मा पौड्याल र सदस्यहरुमा राजकुमार शर्मा, दिनेश न्यौपाने, दिपा लामिाछाने र सुदेश पोखरेलले उम्मेद्वारी घोषणा गरेका छन्। सोमबार आयोजित उम्मेद्वारी घोषणा सभामा यस समूहको कार्ययोजना समेत सार्वजनिक गरिएको छ।
‘२२ महिना २४ काम, अबको नेतृत्व बासुको काम’ नारा दिइएको पत्रमा १६ बुँदे कार्ययोजना उल्लख गरिएको छ। अध्यक्षका उम्मेद्वार नेपालले अहिलेको कार्यसमितिले विद्यमान समस्याहरु समाधान गर्न नसकेको बताए। कोभिड-१९ बाट ठूलो समस्या सिर्जना भए पनि यसको समाधान हुन नसकेको भन्दै अवको नेतृत्वले रफ्तारमा काम गर्ने बताए।
आफ्नो प्यानलले जिते फेकनको संस्थागत संरचनालाई संघीय संरचनामा लैजाने याेजना रहेकाे उपध्यक्षका दावेदार प्रज्वल बस्नेतले जानकारी दिए। चितवन, धरान, इटहरी, बुटवल, पोखरा, नेपालगञ्ज लागयतका सहरहरुमा संथागत संरचना विस्तार गरिने कार्ययोजनामा उल्लेख छ।
सरकारसँग समन्वय गरी परामर्श क्षेत्रको व्यवसायिक वातावरण सुरक्षित गर्ने कुरामा खरो रुपमा उत्रने अर्का उपाध्यक्षका दावेदार हेमराज दुलाल बताउछन्।
चुनावि प्रतिस्पर्धामा दुईवटा प्यानल देखिएका छन। अर्को प्यानलबाट भने भुपाल तामाङको नेतृत्वमा चुनावी मैदानमा उत्रने बताइएको छ। नेपाल संघको पूर्व वरिष्ठ उपाध्यक्ष हुन् ।