प्रचण्डलाई गुरुङको सुझाव : ‘गार्ड राखेर होइन, जनताको मनमा बसेर सुरक्षित हुनुस्’

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सुरक्षाको घेराभित्र बसेर मात्र सुरक्षित नहुने बताएका छन्। सरकारले पूर्वपदाधिकारीहरूको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गर्ने निर्णय गरेको छ।

सरकारले सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा पूर्वलडाकु खटिन थालेको चर्चामा आएपछि कांग्रेस नेता गुरुङले सुरक्षाको घेराभित्र बस्दैमा सुरक्षित नहुने बताएका हुन्।

उनले सुरक्षित हुनलाई जनताको मनमा बस्न सक्नुपर्ने सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत नेता गुरुङले अध्यक्ष प्रचण्डलाई मेन्सन गरेर यस्तो सुझाव दिएका हुन्।

उनले लेखेका छन्, ‘क. प्रचण्डलाई पूर्व लडाकुले सुरक्षा दिने कुरा आएछ। सुरक्षाको घेराभित्र बस्दैमा सुरक्षित भइँदैन है। सुरक्षित हुन त जनताको मनमा बस्न सक्नुपर्छ। @cmprachanda यो उपदेश हैन सुझाव हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्