अवहेलना मुद्दामा लिखित जवाफ लिएर सर्वोच्च पुगे प्रधानमन्त्री ओली

KP Sharma Oli-33
  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज आफैं उपस्थित भएका छन्। कामचलाउ प्रधानमन्त्री ओली मध्यान्ह लिखित जवाफ लिएर सर्वोच्च पुगेका हुन्।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ओलीविरूद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए। विचाराधीन मुद्दामा टिप्पणी गरेको, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई एक जना बाजे वकिललगायत ओलीले टिप्पणी गरेका थिए।

सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा जवाफसहित आफैं उपस्थित हुन माघ १५ मा आदेश दिएको थियो। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लिखित जवाफ लिएर आफैं उपस्थित हुन भनेको हो। प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीविरुद्ध अपमानजनक शब्द बोलेको भन्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले दर्ता गरेका थिए।

बाटोको म्याद बाहेक एक साताभित्र उपस्थित हुन भने पनि अदालतले प्रधानमन्त्री निवासमा मंगलबार मात्र म्याद तामेल गरेको थियो।