फेकन उपाध्यक्षमा रामशरण ढकालको दावेदारी

  • 59
    Shares
लोकपाटी न्यूज

काठमाडौं। शैक्षिक परामर्शदाताहरुको संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को निर्बाचन आगामी फागुन ८ गते शनिवारका हुने भएको छ। चुनाब हुने भएसंगै चुनावी सरगर्मी बढेको छ।

आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि  फेकनका पूर्व उपाध्यक्ष बासु नेपाल  र वर्तमान महासचिव भुपाल तामाङले उम्मेदवारी दिएका छन् । त्यस्तै वर्तमान सचिव राजु निरौलाले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

परामर्श क्षेत्रमा दशकौं लामो अनुभव बटुलेका तामाङ्गले फेकनमा कार्यकारी सदस्य तथा महासचिवको भूमिका सफलता पुर्वक निर्वाह गरेका छन। बर्तमान कार्य समितिका एक पदाधिकारीका अनुसार आहिलेको कार्य समितिमा तामाङ्गको पक्षमा बहुमत सदस्यहरु रहेका छन भने साधारण सदस्यहरुमा पनि निकै राम्रो पकड रहेको छ। आगामी निर्वाचनमा तामाङ्गको जित सुनिश्चित रहेको बताईएको छ।
उक्त निर्वाचनमा एक्टिभ सिनर्जी कन्सलटेन्सीका प्रबन्ध निर्देशक रामशरण ढकालले पनि उमेद्वारी दिएका छन्। भुपाल तामाङ्गको समूहबाट उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका उनले आफ्नो जीत सुःनिश्चित भएको बताएका छन्। विगत १५ वर्षदेखि भाषा प्रशिक्षक, परामर्शदाता हुँदै ठूलो अनुभव सम्हालेकाले आफूलाई व्यवसायी विश्वास गर्ने धारण राखे। फेकनले मेरो आबश्यकता माग गरेको छ। यो मागलाई पुरा गर्नका लागि मैले उपाध्यक्षमा उमेद्वारी दिएको छु।’ लोकपाटी डटकमसँगको कुराकानीमा उनले भने, ‘उमेद्वारी घोषणा पछि मलाई साथिहरुले ठूलो हौसला दिनु भएको छ। जिताउने प्रतिबद्धता समेत व्यक्त भइसकेकाले मेरो पल्ला भारी भएको छ ।’

अंग्रेजी साहित्यमा एम.ए सम्मको अध्ययन गरेको ढकाल शिक्षा मन्त्रालयको टिआईटिआईबाट प्रशिक्षक प्रशिक्षण तालिम लिएका छन भने आईसीइएफ, इएनजेड प्रमाणपत्र समेत प्राप्त गरिसकेका छन्। एक कार्यकाल स्वतन्त्र शैक्षिक परामर्श संघको सदस्य पदमा रहिसकेका ढकाल सदस्यहरुविच निकै लोकप्रिय छन्।

प्रष्ट वक्ता, निर्भिक एवं शालिन व्यक्तित्व भएका ढकालले फेकनको सचिवालयलाई व्यवस्थित गर्न, विभिन्न गन्तव्य देशका विभाग गठन गरी व्यवसायीको हितमा काम गर्न, सवैलाई काम गर्ने अवसर प्रदान गर्न, अन्तराष्ट्रिय सम्वन्ध प्रगाढ बनाउन, फेकन सहकारी अवधारणालाई मूर्त रुप दिन, कोभिडले थला परेको व्यवसायलाई सुदृढ गर्न तथा विभिन्न कलेज तथा विश्वविद्यालयहरु र व्यवसायी बीच संस्थालाई परिचित गराउन अहोरात्र लागि परेर काम गर्न आफ्नो उमेद्वारी रहेको बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्